प्रदेश प्रमुख कहाँ सनाखत गर्दै हिक्मत कार्कीलाई समर्थन दिएका सांसदहरू

विराटनगर | बैशाख २७, २०८१

प्रदेश प्रमुख कहाँ सनाखत गर्दै हिक्मत कार्कीलाई समर्थन दिएका सांसदहरू

विराटनगर:     मुख्यमन्त्रीमा दाबी पेश गरेका नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीका समर्थकहरूले कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा सनाखत थालेका छन् ।


कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका एमालेका ३९ र माओवादी केन्द्रका १३ प्रदेश सभा सदस्यहरू भौतिक रुपमै उपस्थित भई सनाखत गर्न थालेका हुन् ।


कार्कीले बिहीबार नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।


प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगत्तै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेस गरेका थिए ।


प्रदेश प्रमुख खापुङले बुधबार राति संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरेका थिए ।


यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका उनको पक्षमा ५२ सांसदको हस्ताक्षर जुटेको छ ।


यसअघि उनी  २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । त्यसपछि केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिए ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्